खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

everest kitchen
photo file

काठमाडौं । खाल्डोमा जमेको पानीमा डुबेर महोत्तरीमा दुई बालिकाको ज्यान गएको छ।

महोत्तरीको भंगहा नगरपालिका–६ स्थित मजरा टोल निवासी रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र सोही निवासी नइम अन्सारीकी ५ वर्षीया छोरी सहनाज खातुनको घरनजिकैको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

Add
advertise

वर्षाको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा दुबै बालिकाको मृत्यु भएको र उनीहरू दुवै बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश सिवाकोटीले बताए।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।