कटुवा पेस्तोल र गोली सहित पक्राउ

everest kitchen
File photo

कैलाली। धनगढी उपमहानगरपालिका-७ बेलीस्थित सडकबाट कटुवा पस्तोल १ थान  र गोली १ राउण्ड सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका-९ बस्ने निर्वाण भन्ने ४४ वर्षीय ओम प्रकाश पुन र डडेल्धुरा पर्शुराम नगरपालिका-७ घर भएकी पूर्णीमा भन्ने २७ वर्षीया गौरा धामी रहेका छन् ।

Add
advertise

गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले उनीहरु सवार प्रदेश २-०३-००५ प ९५९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पुनको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल  र  गोली बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

(नेपाल प्रहरी )