पर्यटन मजदुरहरु सडकमा

everest kitchen


काठमाडौं । नेपालका विभिन्न स्थान र क्षेत्रमा कार्यरत पर्यटन मजदुरहरु सडकमा उत्रेका छन् । उनीहरूले सरकारलाई उचित राहतको व्यवस्था गर्न माग गर्दै सडकमा उत्रेका हुन ।

काठमाडौंकाे माइतीघर मण्डला स्थित पर्यटन मजदुर संघर्ष समिति काठमाडौंको नेतृत्वमा पर्यटन क्षेत्रसंग सम्बन्धित पेशामा रहेका पर्यटन गाइड , भरिया, आरोहीहरुले विभिन्न पर्चा, व्यानर, प्लेकार्ड सहित बुधबार दिउँसो प्रदर्शन गरेका छन् ।

Add
advertise

उनीहरूले अब दुईवर्ष सम्म पनि पर्यटन क्षेत्रमा प्रत्येक्ष असर परेको भन्दै आफुहरुलाई उचित राहत तथा बैकल्पिक रोजगारीको व्यवस्था गरिदन सरकार संग माग गरेका छन् ।