अस्पतालमा राख्न महङ्गो भएपछि वायुसेवा निगमले संक्रमितलाई होटलमा सार्‍याे

everest kitchen
photo file by hams hospital 

काठमाडौ । नेपाल वायुसेवा निगमले आफ्ना चार पाइलटसहित १४ जना कोरोना संक्रमित उडान कर्मचारीलाई ह्याम्स अस्पतालबाट सोल्टी होटलको आइसोलेसनमा सारेको छ।

निगमले अस्पतालमा उपचार खर्च महंगो भन्दै ती १४ जना संक्रमितहरुलाई सोल्टी होटलको आइसोलेसनमा सारेको बताएको छ ।

स्रोतका अनुसार ह्याम्स अस्पतालमा ‘दैनिक एकजनाकै ३१ हजार उपचार खर्च उठेपछि महङ्गो भएकोले संक्रमितहरूलाई अस्पतालबाट सोल्टी होटलको आइसोलेसनमा सारिएको हो ।

ती संक्रमितमध्ये पहिला संक्रमण पुष्टि भएका ९जनालाई बलम्बु स्थित सशस्त्रको अस्पतालमा भर्ना गरिएपनि बिरामीले चित्त नबुझाएपछि ह्याम्स अस्पतालमा राखिएको थियो ।

सरकारले कोराेना संक्रमितको उपचार खर्च व्यहोर्ने व्यवस्था गरेको छ । जसअनुसार लक्षणबिहिनको दैनिक २ हजार , सामान्य लक्षणको दैनिक ३ हजार ५ सय , र अति जटिल अवस्थाका बिरामीको लागि दैनिक १५ हजारसम्म सरकारले व्यहोर्दै आएको छ ।