कोरोना प्रकोप : मलेसियामा बिहिवार १२ जना निको हुदा, ३ जना नयाँ बिरामी

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहीबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७३७ जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise

त्यस्तै गएको २४ घण्टामा २ जना डिस्चार्ज भएपछि ८ हजार ५३८ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५ लाख ८७ हजार ३१७ रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड ३७ लाख १६ हजार ४११ रहेकाे छ । ८१ लाख ७१ हजार २६६ जनाले स्वास्थ्य लाभ गरेका छन ।