२२ जनाबाट करोडौं ठगी गरी फरार रहेका अभियुक्त पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौ  । झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ बराबर ठगी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका-७ कृष्‍णमन्दिर घर भएका २९ वर्षीय मनिष अग्रवाल भन्ने चन्दन जिन्दल रहेको प्रहरीले जनाएको छ ।

Add
advertise

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर ठिमि नगरपालिका-३ गठ्ठाघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

अभियुक्त जिन्दलले २२ जना व्यक्तिहरुबाट उक्त रकम ठगी गर्नुका साथै तथा बारा, पर्साका बिभिन्न खाद्यान्न व्यापारीहरुलाई बिश्‍वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्य भन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको तथा झापामा जमिन र हार्डवयर व्यवसायमा ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै जिन्दल बिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी समेत जारी भएको थियो ।

पक्राउ जिन्दललाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।