सहयोगी नेपालद्धारा बालबालिका र जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य परिक्षण र खाद्यान्न

everest kitchen


काठमाडौं । सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका तथा जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।

प्रत्येक शनिवारको जस्तै यस शनिबार पनि संस्थाले फाउन्डेसन डे फ्रान्स र माइआ फाउन्डेशनको सहयोगमा एक कार्यक्रमको आयोजना गर्दै ५ बर्ष भन्दा मुनिका १८ बालबालिका र २१ जना जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा नि:शुल्क विभिन्न सामाग्री वितरण गरेको सहयोगी नेपालका अध्यक्ष इश्वरी ढकालले जानकारी दिए ।

Add
advertise

ढकालमा अनुसार बालबालिकालाई कापी, कलम, पुस्तकहरू, सेरलेक्स, अण्डा, साबुन र १५ केजी चामल वितरण गरिएको थियो । त्यस्तै जेष्ठ नागरिकहरुलाइ हर्लेक्स, अण्डा, चामल, साबुन, ओखर र काजू वितरण गरिएको थियो ।

यस्तै सहयोगी नेपालका कोषाध्यक्ष गोपाल ओझाका अनुसार बालबालिका र जेष्ठ नागरिकलाई छुट्टाछुट्टै विशेषज्ञ डाक्टरहरुले सेवा दिएका थिए । कार्यक्रबाट ७० वर्ष देखि १०० वर्षसम्मका २१ जना जेष्ठ नागरिकहरु लाभान्वित भएका थिए ।

उक्त संस्थाले नेपालमा जारी लकडाउनले खाद्यान्न समस्या भएका सयौं परिवारलाई यसअघि पनि विभिन्न चरणमा सहयोग गरेको थियो । संस्थाले विशेषगरी बालबालिका र जेष्ठ नागरिकको लागि काम गर्दै आएको छ ।