विदेशमा अलपत्र खर्चबिहिन नेपालीलाई कोषको रकमबाट स्वदेश फर्काउने सरकारको तयारी

everest kitchen


काठमाडौ । विदेशमात्र खर्चबिहिन भइ अलपत्र परेका र आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काउने तयारी सरकारले गरेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिएका हुन ।

Add
advertise

वैदेशिक रोजगार बोर्डका अध्यक्षसमेत रहेका श्रममन्त्री यादवका अनुसार गत सोमबार मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको गरेको र अब श्रम मन्त्रालयले वैदेशिक रोजगार कोषको पैसा निकासा गर्ने बारे व्यावहारिक प्रक्रिया सुरु भएको छ। ” मन्त्रालयले दूतावासको मागअनुसार दूतावासमा पठाएको रकमबाट सरकारको मापदण्डमा परेका व्यक्ति सरकारी खर्चमै स्वदेश फर्किन सक्ने उनले बताए ।

यस बिषयमा श्रमगन्तव्य मुलुक मलेसियाका लागि नेपाली राजदुत राजदुत उदयराज पाण्डे संग बुझ्दा उनले भने “नेपाल सरकारले निर्णय गरे पनि नेपाली दुतावास मलेसियामा पुर्ण जानकारी आईनसकेको छैन । जानकारी आए पछि सरकारी मापदण्ड अनुसार मलेसियामा कति श्रमिकहरुलाई उद्धार गर्ने पर्ने अध्ययन गरि नेपाल सरकारलाई रकम माग गर्ने उनले बताए ।

राजदूत पाण्डेका अनुसार यसको मापदण्ड धेरै नै रहेको छ । मापदण्ड अनुसार १०० प्रतिशत, ५० प्रतिशत र २५ प्रतिशत रकम सहयोग गरि उद्धार गर्ने प्राबधान रहेको पनि उनलेे स्पष्ट पारे ।