मलेसियामा लडेर मृत्यु भएका सुर्यमानको शव २ महिनापछि नेपाल, परिवारलाई तमु समाजको सहयोग

everest kitchen


क्वालालम्पुर । मलेसियामा घरको छतबाट खसेर २ महिना अघि मृत्यु भएका गोर्खाका सुर्यमान गुरुङकाे शव नेपाल पुगेको छ ।

गोर्खाकाे धार्चे गाउपालीका निवासी सुर्यमान गुरुङ आईतवार सांझ ७ बजे तिर मलेसियाकाे शाहआलाम स्थित आफ्नै होस्टेलको ४ तला माथीबाट खसेर मृत्यु भएको थियो । होस्टलकाे रेलिङको टायल र रडहरु मकिएकोले चिप्लिएर उनी लडन पुगेका थिए ।

Add
advertise

सुर्यमान बिगत ५ बर्ष देखि मलेसियाको शाहआलाम स्थित सेक्सन १५ को जेफोली एसएनडि बिएचडि कम्पनीमा कार्यत थिए । दुई महिना पहिले मात्रै घर बिदामा नेपाल गएर फर्केका थिए । सुर्यमान तमु समाज मलेसियाका सकृय सदस्य समेत रहेका थिए ।

साथै उनको परिवारलाई तमु समाज मलेसियाले आर्थिक सहयोग गरेको छ । समाजले विभित्र व्यक्तिहरुबाट आरएम २,८२६ अर्थात ७९,१२८ रुपैयाँ आर्थिक सहयोग गरेको समाजका महासचिव दिल तमुले जानकारी दिए ।

सहयोगीको लिस्ट