आज देखि नयाँ १ हजारको नोट, साविक हात्तीको ठाउँमा राम लक्ष्मणको फोटो

everest kitchen

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँको नयाँ नोट निष्कासन गर्ने भएको छ। केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो ।

नोटमा साविकको हात्तीको तस्बिरको ठाउँमा नयाँ हात्तीको तस्बिर राख्न लागिएको हो। राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र राखेर १ हजारको नयाँ नोट निष्कासन गर्ने जनाएको छ ।

Add
advertise

बैंकले एक सुचना जारी गर्दै भनेको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’

त्यस्तै नयाँ नोट यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ भने नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुने उल्लेख गरिएको छ ।