हिमाल टाईम्स डटकमको सम्पादकमा सपना बस्याल

everest kitchen
सपना बस्याल

संगिता ओली

काठमाडौ । अनलाइन डिजिटल पत्रिका हिमाल टाईम्स डटकमको सम्पादकको रुपमा सपना बस्याल नियुक्ति भएकी छिन् । बस्याल करिब एक दशक लामो पत्रकारितामा सक्रिय रहेकी पत्रकार हुन ।

चितवनको भरतपुर नगरपालिका -२ की स्थायी बासिन्दा बस्यालले रेडियो पत्रकारिताबाट आफ्नो पत्रकारिता सुरु गरेकी थिइन् ।

Add
advertise

उनी जागरण मिडिया सेन्टरकाे सस्थापक र अाजिवन सदस्य समेत रहेकी छिन् । रेडियो नेपालबाट प्रशारण हुने ‘चिन्तन चाैतारी’ र विभिन्न एफ एम रेडियोबाट प्रशारण हुने कट्वाल रेडियो पत्रिका लगायतका रेडियो पत्रकारिता गरेकी उनले बिभिन्न राष्ट्रिय मुलधारका पत्रिकामा काम पनि गरेकी छिन् ।

यस्तै बस्यालले मलेसियाबाट साप्ताहिक रुपमा प्रकाशित हुने “हाम्रो आवाज पत्रिकामा” प्रधान सम्पादकको जिम्मेवारी सम्हालेकी थिइन् ।

हाल प्रवासी श्रमिकहरुको पक्षमा अधिकारकर्मीकाे रुपमा काम गरिरहेकी उनी सक्रिय समाजसेवी पनि हुन । नेपाली प्रवासि एकता संजाल नामक गैरसरकारी संस्थाको संस्थापक अध्यक्षकाे रूपमा एक दशक सक्रिय रहे पश्चात बस्याल फेरि अनलाइन पत्रकारिताको धारमा टेकेर सम्पादकीय जिम्मेवारी सम्हालेकी छिन् ।