विदेशमा बस्ने चेलीको सम्झनासहितको तीज विशेष कोसेली ‘बर्ष दिन बितेको’ (भिडियो )

everest kitchen


काठमाडौ । हिन्दु नारिहरुको चाड तीज नजिकिदै गर्दा तिज विशेष बिभिन्न गित संगित बजारमा आउने क्रम चलिरहेकै बेला अष्ट्रेलियामा रहेकी गायिका सीता रसाइली विश्वकर्माले पनि तीज विशेष गीत सार्वजनिक गरेकी छिन् ।

गायिका रसाइलीले ‘बर्ष दिन बितेको’ बोलको तीज विशेष गीत आकर्षक भिडियोसहित युटुबमा सार्वजनिक गरेकी हुन ।

चलनचल्तीकै लोकशैलीमा निर्माण भएको उक्त गीतमा गायिकाले तिज सम्बन्धि विभिन्न अनुभव गीतमा प्रस्तुत गरेकी छिन् ।

गीतमा चर्चित नायिका तथा मोडल अन्जली अधिकारी, बन्दना नेपाल, उषा घिमिरे लगायतको अभिनय रहेको छ भने भिडियो शंकर बिसीले निर्देशन गरेका छन् । भिडियोमा दुर्गा पौडेलको छायाँकन, नविन घर्तिमगरको सम्पादन रहेको छ ।

भिडियो

https://youtu.be/5YcHkj-rSyk