सात करोडबढी ठगी गरी फरार व्यक्ति पक्राउ

everest kitchen


काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटीएको प्रहरी टोलीले जिल्ला झापा दमक नगरपालिका ०७ कृष्‍णमन्दिर बस्ने बर्ष २९ को चन्दन जिन्दललाई बिहिबार बेलुका भक्तपुर मध्यपुर ठिमि नगरपालिका ३ गठ्ठाघरबाट पक्राउ गरेको छ ।

झापा, बारा, पर्सा, सर्लाही बस्ने बिभिन्न व्यक्तिहरुलाई बिभिन्न बहानामा ठगी गरी फरार रहेको र निज चन्दन जिन्दल बिरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा बैंकिङ कसुर मुद्दा दर्ता भई उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जबाट र इलाका प्रहरी कार्यालय दमक झापामा ठगी मुद्दा दर्ता भई झापा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो ।

निज अभियुक्त चन्दन जिन्दलले आफुलाई मनिष अग्रवाल भनेर पनि चिनाउने गरेको निजले झापा, बारा, पर्सा, सर्लाही बस्ने २२ जना व्यक्तिहरुबाट जम्मा :- रु ७,८१,४२,०००।– (सात करोड एकासी लाख बयालीस हजार) बराबर ठगी तथा बैंकिङ कसूर गरेको खुल्न आएको र अन्य कयौ व्यक्ति तथा उद्योगहरुमा गरेको ठगीको उजुरी आउने क्रममा रहेको ।

निज अभियुक्तले बारा, पर्साका बिभिन्न खाद्यान्न व्यापारीहरुलाई बिश्‍वासमा लिई उधारोमा खाद्यान्न ल्याई काठमाडौंका व्यापारीहरुलाई खरिद मूल्य भन्दा पनि सस्तोमा नगदमा बिक्री गर्ने गरेको र झापा तिर जमिन र हार्डवयर व्यवसायमा ठगी गरेको अनुसन्धानबाट खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

निज फरार अभियुक्त चन्दन जिन्दललाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।