संक्रमित बढेपछि पर्सामा शनिबारदेखि निषेधाज्ञा जारी

everest kitchen


वीरगञ्ज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।

भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै निषेधाज्ञा जारी गरेको छ । शुक्रबार सरोकारवाला निकाय र राजनीतिक दलसँग छलफल गरेपछि प्रशासनले निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो ।

Add
advertise

कार्यालय निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने, जोखिमपूर्ण स्थानमा चेकजाँच गर्ने, संक्रमित भेटिएको ठाउँमा सिल गर्ने, होम आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।

त्यस्तै वीरगञ्जमा अब अन्य जिल्लाबाट र विशेषगरी भारतबाट आउन पूर्ण प्रतिबन्ध लगाइएको छ । विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकोले यस्तो निर्णय गरिएको कार्यालयले उल्लेख गरेको छ ।

यस्तै सुरक्षा निकायहरुले गस्ती पट्रोलिङ बढाउने, लु्कीछिपी प्रवेश गरेकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्ने निर्णय भएको छ,’ बस्नेतले भने, ‘ नेपाल प्रहरी र सशस्त्र प्रहरीले नसकेको ठाउँमा सेना समेत परिचालन गरिने कार्यालयले जनाएको छ।