विभिन्न कारण विदेशमा ४ सय ७४ नेपालीको मृत्यु

everest kitchen
photo file

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गएका नेपालीहरुमध्ये लकडाउन अबधि अघि र पछि गरि विभिन्न कारणले ४ सय ७४ नेपालीको मृत्यु भएको छ ।

विदेशमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन बारे हालैको विवरण बैदेशिक रोजगार बोर्डको सचिवालयले शुक्रबार सार्वजनिक गरेको हो ।

Add
advertise

नेपाली कामदारहरुको शव व्यवस्थापनबारे बोर्डको सचिवालयको नियमित अपडेट अनुसार सबैभन्दा बढि साउदीमा १ महिलासहित १७१ जना, मलेसियामा ८४ जना पुरुष, कतारमा २ महिलासहित ७४ जना, युएईमा ५ महिलासहित ८० जना, कुवेतमा ६ महिलासहित २२ जना, बहराइनमा १० पुरुष, ओमानमा २ पुरुष , दक्षिण कोरियामा ८ पुरुष, अन्य देशहरूमा १ महिलासहित २३ जना गरि ४ सय ७४ जनाको विभिन्न कारणले मृत्यु भएको छ ।

जसमध्ये हालसम्म विभिन्न मुलुकबाट २१६ शव नेपाल ल्याइ आफन्तको जिम्मा लगाइएको छ भने १६५ शव सम्बन्धित देशमा अन्त्यष्टि गरिएको छ । यस्तै अझै ९४ शव नेपाल फर्काउन बाँकी रहेको बोर्डले उल्लेख गरेको छ ।