कोरोना संक्रमणबाट १७ वर्षीया किशोरीको मृत्यु, हालसम्म मृत्यु हुने ४५ पुगे

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौ । कोरोना भाइरस संक्रमणबाट बाराकी एक १७ वर्षीया किशोरीको मृत्यु भएको छ । ती किशोरीको शुक्रबार बेलुकी निधन भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बारा परवानीपुर वडा नम्बर ८ की ती किशोरीमा कोरोना पोजेटिभसँगै पखला, श्वासप्रश्वासलगायत समस्या पनि देखिएको थियो। उनको शुक्रबार बेलुकी उपचारको क्रममा निधन भएको प्रवक्ता गौतमले जानकारी दिए।

Add
advertise

गएको बिहिवार साउन ८ गते मृतक किशोरीको स्वाब संकलन गरिएको र ९ गते शुक्रबारै उनमा कोरोना पुष्टि भएको थियो ।