श्रीमती हत्या अभियुक्त रञ्जन कोइरालाको कैद छुट फैसलाको पुनरावलोकन हुने

everest kitchen


काठमाडौ । श्रीमती हत्याका अभियोग लागेका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न सर्वोच्चले अनुमति दिएको छ ।

सर्वोच्च अदालतले पूर्वडीआइजी रन्जन कोइराला जोडिएको फैसलाको पुनरावलोकनको लागि आइतबार तीन सदस्यीय इजलास गठन गरेको थियो ।

Add
advertise

उक्त इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको नेतृत्वमा न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी थिए ।सोही इजलासले सरकारको तर्फबाट पेस भएको निवदेनको सुनुवाई गरी फैसलाको पुनरावलोकनका लागि अनुमति दिएको हो ।