सिवा केसीको आवाजमा ढुगें छपानी तीज गीत सार्वजनिक

everest kitchen

काठमाडौ । जापानमा कार्यरत गुल्मीकी चेली सिवा केसीको आवाज रहेको गीज विशेष गीत ढुगें छपानी युटुवमा सार्वजनिक भएको छ।

बिगत केहि वर्ष देखि नेपालि लोकदोहोरि क्षेत्रमा सक्रिय रहेकी केसी प्रवासको कर्मसंगै लोक संगित क्षेत्रमा आफुलाई सक्रिय राख्न यसपटक पनि गीतमा आवाज दिएको बताएकी छिन । उनका अनुसार गीतको भिडियो राम्रो बनेको र चिरपरिचित कलारहरु पनि समावेश भएकोले गीतलाई दर्शकले रुचाउने छन् ।

Add
advertise

उक्त मौलिक तीज गीत “ढुंगे छपानी” मा खेम राज पौडेल र केसीको आवज रहेको छ भने गायक सुर्य खड्काको लय र अर्जुन सुबेदीको शब्द रहेको छ। यस्तै गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् भने रबिना भण्डारी र शंकर बिसी को नृत्य सगै दुर्गा पौडेल को छायांकन रहेको छ । भिडियो सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।