गर्मी बढेसंगै नेपाली दुतावास बहराइनको सावधानी रहन यी चार सुझाव

everest kitchen


काठमाडौं । जुलाइ महिनाको शुरूवातवाटै बहराइनमा गर्मी बढेको छ । तापक्रममा आएको वृद्धि सँगै अत्यन्त गर्मी अनुभव भैरहेको भन्दै बहराइन वासी नेपालीहरुमा दुतावासले सुरक्षित रहन आग्रह गरेको छ ।

मनामा स्थित नेपाली राजदुतावासले एक सुचना जारि गर्दै भनेको छ ” गर्मीको यस्तो अवस्थामा समेत बहराइन अधिराज्यमा रहेका हामी धेरै नेपाली दिदी बहिनी तथा दाजुभाई अनुकुलित वातावरण भन्दा बाहिर रहि दैनिक परिश्रम गर्नु पर्ने अवस्थामा छौ । अत्यधिक तापमा परिश्रम गर्नु पर्दा निम्न सावधानी अपनाउन यस राजदूतावास परिवार सबैमा हार्दिक अनुरोध गर्दछ सुचनामा भनिएको छ ।

Add
advertise

यस्ता छन् दुतावासमा चार सुझाव :

— प्रशस्त मात्रामा पानी पिउने ,

–शिर ढाक्न ताप कम सोत्रे प्रकारको कपडा प्रयोग गर्ने ,

— कार्यस्थलमा तापका कारण शारिरिक कठिनाइ महशुस भएमा ओत लाग्ने ,

— अकमोडेशनमा आराम गर्दा वा राती सुत्नुपूर्व एयरकन्डिश्रर चालु राख्ने ,