विभिन्न पाँच जिल्लामा ईनार तथा खोलामा डुबेर पाँच जनाको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-३ साईबाबा चोक बस्ने खविराज राईको ईनार सफा गर्ने क्रममा ईनारमा डुबेर सोही ठाउँ बस्ने मोरङ उर्लाबारी घर भएका २९ वर्षीय तेमेन लिम्बुको आइतबार मृत्यु भएको छ ।

ईनारमा डुबेर बेहोस भएका उनको तत्काल उद्दारा गरी ग्राण्डी अस्पताल धापासी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

Add
advertise

धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ स्थित सेती खोलामा डुबेर नगराईन नगरपालिका-१ बैरी बस्ने राकेश यादवको १२ वर्षीय छोरा रामानन्द यादवको आइतबार मृत्यु भएको छ ।

फुलगामा बहेडाबेला सडकको सेती खोलाको निर्माणाधिन पुलमुनी नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-५ स्थित तावा खोलामा डुबेर सोही ठाउँ बस्ने ५३ वर्षीया मनमाया साँवा लिम्बुको आइतबार मृत्यु भएको छ । खोला तर्ने क्रममा डुबेर उनको मृत्यु भएको बताइएको छ ।

सर्लाही, बिष्णु गाउँपालिका-३ स्थित कुन्दी खोलामा डुबेर सोही गाउँपालिका-२ बस्ने १८ वर्षीय नरेन्द्र रामको मृत्यु भएको छ ।

नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मधुवनगोठ र ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोमबार बिहान सोही खोलाको छेउमा उनको शव फेला पारेको हो ।

मकवानपुर, गढी गाउँपालिका-६ सरनपुर बस्ने ४१ वर्षीय सुमन सिंह रुम्बाको सोही ठाउँस्थित सामारी खोलामा डुबेर आइतबार मृत्यु भएको छ ।

खोला तर्ने क्रममा अचानक खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही गाउँपालिका-२ सोल्टी मोडस्थित खोलामा ढुङगामा अड्किएको अवस्थामा उनको शव फेला परेको हो ।