प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न १ सय ४५ रुपैया दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

everest kitchen
photo :file

भक्तपुर । डिउटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न १ सय ४५ रुपैया दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् ।

मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित सडकमा महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोरङ विराटनगर उपमहानगरपालिका-१ घर भई हाल सानोठिमी बस्ने ३० वर्षीय जीवन श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको बताएको छ ।

Add
advertise

बा.९० प २२५० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मादक पदार्थ सेवन गरेका श्रेष्ठले प्रहरीलाई १ सय ४५ रुपैयाँ दिई प्रलोभनमा पार्ने खोजेपछि प्रहरीले उनलाई उक्त नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।