नेकपा उपाध्यक्ष वामदेव गौतमको पार्टी विवाद समाधान गर्न ६ बुँदे प्रस्ताव

everest kitchen
photo file

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुवै अध्यक्षसामु ६ बुँदे प्रस्ताव राखेका छन् ।

प्रस्तावमा उपाध्यक्ष गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव राखेका छन् ।

Add
advertise

त्यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव गौतमले गरेका छन् ।

पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्ष समक्ष राखेको प्रस्ताव यस्तो छ:

१. कमरेड केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने ।

२. कमरेड पुष्पकमल दाहाल प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहने ।

३. पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने ।

४. प्रधानमन्त्रीका दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने । तर सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने ।

५. पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रीपरिषद पुनर्गठन तथा राजनीतिक तथा सम्वैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने ।

६. अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजाना गर्ने ।