काठमाडौंको विभिन्न स्थानमा पन्ध्र रोपनी जग्गामा उम्रिएको गाँजा नष्ट

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ डाँडा गाँउस्थित करिब १० रोपनी जग्गामा आफै उम्रिएको अवैध लागूऔषध गाँजाको करिब १० हजार बोट सोमबार प्रहरीले नष्ट गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगंज, महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र सामुदायिक प्रहरी, बूढानीलकण्ठ नगरपालिका-५ का वडा कार्यालयको टोली, डाडगाउँ युवा क्लब र स्थानीय बासिन्दाको सहभागितामा उक्त गाँजाका बोटहरु नष्ट गरिएको प्रहरीले जनाएको  छ ।

Add
advertise

यसैगरी, काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित सडकखण्ड आसपासमा प्राकृतिक रुपमा उम्रेका गाँजाका करिब ५ हजार बोट मंगलबार बिहान नष्ट गरिएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले धुम्रबाराह क्लबको सहकार्यमा उक्त गाँजाका बोटहरू नष्ट गरेको हो ।