कोरोना संक्रमणबाट बझाङका एक पुरुषको मृत्यु, मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौ । कोरोना भाइरस संक्रमणबाट बझाङका एक ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषको को साउन ९ गते निधन भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बझाङको बुङगल गाउँपालिका स्थायी घर भएका ६५ वर्षीय ती पुरुषमा दमको समस्या रहेको थियो । भारतको ब्याङलोरबाट आएका उनको साउन ९ मा उपचारको क्रममा निधन भएको प्रवक्ता गौतमले जानकारी दिए।

Add
advertise

यो कोरोनाकाे कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ ।

त्यस्तै , नेपालमा गएको २४ घण्टामा कोरोना संक्रमण ३ सय ११ जनामा देखिएको छ भने हालसम्म १९ हजार ३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै सोमबार १ सय २१जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १३ हजार ८७५ जना पुगेका छन ।