कार्टुनमा भेटिएकी बेवारिसे शिशुको अभिभावकको खोजि हुदै,

everest kitchen


काठमाडौ । सोमबार साँझ काठमाडौंको कपन स्थित आकाशेधारा चौरमा भेटिएको बेवारिसे शिशुको अभिभावकको खोजी प्रहरीले सुरु गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक शेखरजंग मल्लले शिशुको अभिभावक बारे खोजी भइरहेको जानकारी दिए । ‘झट्ट घटनाको प्रकृति हेर्दा विवाहअघि नै जन्मिएको बच्चा भएकोले कसैले पनि दाबी गर्न नआएको हुनसक्ने उनलेे बताए ।

Add
advertise

मल्लका अनुसार अहिले उक्त शिशु पुष्पा अधिकारीको केयर चाइल्ड अर्फानेजमा पुष्पा आफैले लियर राखेको र उनले शिशु लिदा प्रहरीलाई जानकारी गराएकी थिइन ।

शिशु भेटिएको स्थान नजिकै रहेको पुष्पा अधिकारीको केयर चाइल्ड अर्फानेज रहेको छ । उक्त संस्थाका बच्चाहरु र बाहिरका बच्चाहरुले चौरमा खेल्ने क्रममा उक्त शिशुलाई भेटपछि अधिकारीलाइ बच्चाहरुले जानकारी दिएका थिए । अधिकारीले नै उक्त शिशुलाई अहिले आफ्नो संस्थामा राखेर हेरचाह गरि रहेकी छन् ।

“कार्टुनको बाकसमा रहेकी ती शिशु देख्दा ४/५ दिनकी जस्ती देखिन्थिन् । बच्चाको स्वास्थ्य अवस्था सामान्य थियो । सोमबार साँझ त्यस्तै ६ बजेको थियो होला । दुईजना बच्चाहरू कराउँदै आए । चौरमा गएर हेर्दा त एउटा जीवित बच्चा छाडिएको रहेछ । मेरै जिम्मामा त्यो शिशुलाई बाल गृहमा सुरक्षित राखिएको अधिकारीले भनिन् ।

उनका अनुसार बच्चाको थप स्वास्थ्य परिक्षण गर्न अस्पताल लान लागिएको छ ।