गायक प्रेम सेन्चुरीको “परदेशले मलाइ रुवायो”

everest kitchen

काठमाडौ । भबिस्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजारीरहेका छन्, । यही परदेशको कथा पिडालाई समेटर गायक प्रेम सेन्चुरीले ”परदेशले मलाइ रुवायो” बोलको गीत सार्वजनिक गरेका छन् ।

आफुले नै भोगेको सिङ्गो नेपाली युवाले भोगेको यथार्थ कथामा आधारित रहेर गीत तयार गरेको गायक सेन्चुरिले बताए । आफ्नो देश,घर-परिवार,गाउँ घर-बनपाखा छोडेर परदेशको भूमिमा सहनु परेको एक्लोपनसहितको छटपटी कस्तो हुन्छ भोगेका सबैलाई थाहा छ । बिरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसकेको पनि थाहै नहुने हाम्रो बिडम्बनालाइ समेटर गीत गाउन मन थियो, सोहि अनुसार गीत लियर दर्शक, स्रोता माझ आएको छु सेन्चुरीले भने ।

गीतमा शब्द/संगीत/स्वरको सेन्चुरीकै रहेको छ भन गीतलाई बिमल बुढाथोकीले एरेन्ज गरेका हुन ।