मामाघर : धनराज गिरी

everest kitchen
धनराज गिरी

लघुकथा : मामाघर

धनराज गिरी

—हाकिम “बी के “आफ्नो कर्मचारीलाई जहिले पनि आफ्नो मामाघरको कहानी भन्ने गर्थ्यो |मावलको तारीफ़ गर्नु उसको दिनचर्या थियो किनभने ऊ मामाको घरमा नै हुर्कियो ।आमा , जन्म दिएको दिनमा नै परलोक र बाउले तुरुन्त विकल्प खोजेको हुनाले ऊ पुग्यो , हजुरआमाको काखमा |पछि बिहे गरेपछि फर्कियो । घर र बाउसित आफ्नो हक लिएर गयो अर्को नगरमा | यतिखेर दुई छोरी विदेश,घरमा दुई र एक पाकी महिला `गृह सहायकसंग ´ जीवनयापपन गरिरहेको थियो ।

Add
advertise

केहीदिन हाकिम गायब भयो |१५ दिनपछि लेखापाल घर पुग्यो । ऊ घरमा थिएन ।हाकिमकी पत्निसित जानकारी लियो |”मामाघर !”उत्तर पायो |
केही दिन कुरे |अब त तलव खान पनि ऊ अनिवार्य भयो । फेरि गयो लेखापाल, सधैँ उही एकनाशको उत्तर , `मामाघर ´।

एउटा कर्मचारी मामाघर पुग्यो । छैन , हाकिम ! पूरा कर्मचारी आए , हाकिमको घर र राम्रोसित केरकार गरे |”मैले अनेक उपाय गरें , उहाँलाई अतिरिक्त आर्थिक क्रान्ति नगर्न भनेर,यहाँहरूलाई आफ्नो हाकिमको बानी थाहा छ |मेरो अनुरोधमा प्रहरी आएर लग्यो,अहिले मामाघरको जस्तो मेजबानी खाएर थानामा हुनुहुन्छ |त्यो पनि त मामाघर नै हो !”