सहयोगी नेपालको बालबालिका र जेष्ठ नागरिक लक्षित साप्ताहिक सहयोग कार्यक्रम सम्पन्न

everest kitchen


काठमाडौं । प्रत्येक शनिवारको जस्तै यस शनिबार पनि
सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका तथा जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ ।

संस्थाले फाउन्डेसन डे फ्रान्स र माइआ फाउन्डेशनको सहयोगमा एक कार्यक्रमको आयोजना गर्दै ५ बर्ष भन्दा मुनिका बालबालिका र जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा नि:शुल्क विभिन्न सामाग्री वितरण गर्दै आएको छ । सो अनुरुप आज शनिबार पनि दुई दर्जन बालबालिका र दुई दर्जन जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा पोषण युक्त खानेकुरा वितरण गरिएको सहयोगी नेपालका अध्यक्ष इश्वरी ढकालले जानकारी दिए ।

Add
advertise

यस्तै, सहयोगी नेपालका कोषाध्यक्ष गोपाल प्रसाद ओझाका अनुसार बालबालिकालाई कापी, कलम, खेलौना, पुस्तकहरू, सेरलेक्स, अण्डा, साबुन र १५ केजी चामल वितरण गरिएको थियो । त्यस्तै जेष्ठ नागरिकहरुलाइ हर्लेक्स, अण्डा, चामल, साबुन, ओखर र काजू वितरण गरिएको थियो ।

संस्थाले साप्ताहिक रुपमा बालबालिका र जेष्ठ नागरिकलाई छुट्टाछुट्टै विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ परिक्षण तथा महिना दिनसम्म पुग्ने स्वस्थ पोषणयुक्त खानेकुरा वितरण गर्दै आएको छ ।