मलेसियामा सुरक्षा गार्ड कुटपिट भाइरल भिडियोका पीडित र पीडकको पहिचान खुल्यो

everest kitchen

क्वालालम्पुर । मलेसियामा सुरक्षा गार्डलाई कुटपिट गरेको सामाजिक संजालमा आएको भिडियोको पहिचान खुलेको छ । उक्त भिडियोमा कुटाइ खाने पीडीत नेपाली सुरक्षा गार्ड नै रहेको खुलेको हो ।

पीडित नेपाली यतिबेला नेपाली राजदुतावास मलेसियाको संरक्षणमा रहेको र कुटपिट गर्ने ती व्यक्तिको बारेमा पनि पहिचान भैसकेको मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले हिमाल टाइम्सलाइ फोनमार्फत  जानकारी दिएका छन्  । पाण्डेका अनुसार उक्त घटनामा संलग्न पीडक र पीडितको बारे थप अनुसन्धान भइरहेको छ ।

Add
advertise

उक्त भिडियोमा कुटपिट गर्ने र पीडित बारे अनुसन्धन भइरहेकोले सोमबार मात्रै पुलिस चौकिमै गएर अफिसियली सबै जानकारी गराउने राजदूत पाण्डेले बताए ।

भिडियोमा भारतीय मुलका मलेसियन नागरिक जस्तो देखिने एक व्यक्तिले नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिट गरि रहेका छन् । ती व्यक्तिले ती सुरक्षा गार्डलाई कुटपिट गरि रहदा ती ती सुरक्षागार्डले भने कुनै प्रतिवाद गर्दैनन् । भिडियो खिच्ने पनि भारतीय मुलको हुन सक्ने उनलेे प्रयोग गरेको हिन्दि भाषाले आंकलन गर्न सकिन्छ ।

अाफ्नै देशमा त सुरक्षित छहिनन् जनता झन सात समुन्द्र पारि अर्काकाे देशमा झन कसरी सुरक्क्षित हुन्छन् यश बिषयमा मलेसिया…

Posted by अशोक पौडेल ढाक्रे on Thursday, 30 July 2020

कुटपिटमा उत्रिएका ती व्यक्तिले मलायु भाषामा “यहाँ काम गर्न आएको की समस्या उत्पन्न गर्न आएको भन्दै लगातार ती नेपाली माथि प्रहार गरि रहेका छन् ।