नक्कली नोट सहित पक्राउ

everest kitchen

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट १ हजार दरको नक्कली नेपाली नोट १० थान सहित स्याङजा चापाकोट नगरपालिका-५ घर भई शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पौडेलको सुबिधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरीले उनलाई फोटोकपी गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । स्टेशनरीबाट कलर प्रिन्टर १ थान, सक्कली एक हजार दरको नोट १ थान समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।