कोरोना : नेपालमा गएको २४ घण्टामा २ सय ४६ संक्रमित थपिए

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण २ सय ४६ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप २ सय ४६ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ६७२ रहेको छ ।

Add
advertise

त्यस्तै आइतबार १ सय ११ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १४ हजार ६ सय ३ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ५७ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । आइतबार थप १ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।