तास खेलिरहेको अवस्थामा ३ लाखबढी नगदसहि १२ जना पक्राउ

everest kitchen
photo file

काठमाडौं । काठमाडौंको चक्रपथमा तास खेलिरहेको अवस्थामा नगदसहित १२ जना पक्राउ परेका छन ।

काठमाडौं महानगरपालिका-३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय याम बहादुर श्रेष्ठ लगायत १२ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

Add
advertise

उनीहरुको साथबाट नगद ३ लाख ८ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको बताएको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।