गण्डकी प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई ३२ थान सवारी साधन हस्तान्तरण

everest kitchen

पोखरा । गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि विभिन्न सवारी साधनहरु हस्तान्तरण गरिएको छ ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई एक समारोहका बिच सवारी साधन हस्तान्तरण गरेका हुन ।

Add
advertise

जसअनुसार टाटा पिकअप भ्यान ४ थान र २८ थान मोटरसाईकल (पल्सर १८, TVS अपाचे ५ र बुलेट ५ थान) हस्तान्तरण गरिएको समाचार स्रोतले जानकारी दिएको छ । ।

सवारीसाधन हस्तान्तरण गर्दै शान्ति सुरक्षा लगायत अपराध अनुसन्धानमा सवारी साधनहरुले प्रहरीको काम कारवाहीमा चुष्तता प्रदान गर्ने मुख्यमन्त्री गुरुङले विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा प्रदेशमन्त्री, प्रहरी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।