कोरोना प्रकोप : मलेसियामा मंगलबार १६ जना निको हुदा १ जना संक्रमित

everest kitchen
photo file

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२५ रहेकाे छ भने ९ हजार २ जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise

त्यस्तै गएको २४ घण्टामा १६ जना डिस्चार्ज भएपछि ८ हजार ६८४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १९३ मा सक्रिय संक्रमण रहेको छ ।