भरुवा बन्दुकसहित २ जना पक्राउ

everest kitchen
photo file

बाँके । राप्तीसोनारी गाउँपालिका-४ खरघट्टीबाट २ नाल भरुवा बन्दुकसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५० वर्षीय राम बली चौधरी र ६१ वर्षीय बिष्णु प्रसाद चौधरी रहेका छन् ।

Add
advertise

घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र सिमा प्रहरी चौकी सुईयाँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।