सवारीसाधनमा फेरि जोर विजोर प्रणाली,

everest kitchen


काठमाडौं । सरकारले साउन २२ गते बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गर्ने भएको छ ।

बिहिवार देखि अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयले एक सुचना जारि गर्दै जानकारी दिएको छ । जस अन्तर्गत जोर गतेका दिन जोर नम्वरका सवारीसाधन र बिजोर गतेका दिन बिजोर नम्वर प्लेटका सवारीसाधन सञ्चालन हुनेछन् । उपत्यकामा सांझ ७ बजे देखि बिहान ७ बजे सवारीसाधन प्रवेशमा निशेध गरिने भएको छ।

Add
advertise

त्यस्तै २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा पनि जोर/बिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन हुने छन्। त्यस्ता जिल्लाहरुमा पनि साझ ९ बजे देखि बिहान ५ बजेसम्म सवारीसाधन आवागमन निशेध गरिएको छ ।

यस्तै सरकारले रेष्टुरेन्ट तथा होटलमा भोजभतेर , लगायत सामुहिक भेला हुने क्रियाकलापमा निशेध गरेको छ भने अन्तर्राष्ट्रिय सिमा नाकाबाट अनुमति प्राप्त व्यक्ति बाहेकलाई निशेध गरेको छ ।

कोभिड १९ नियन्त्रणका लागि भन्दै सरकारले यस्तो व्यवस्था गरेको जनाएको छ । गएको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण बारे विज्ञहरु संग छलफल गरेका थिए ।