सरकारी रकम श्रीमती र भतिजोको खातामा जम्मा गर्ने लेखापालले रकम फिर्ता गरे

everest kitchen

रुकुम पश्चिम  । जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले श्रीमती र भतिजोको नाममा जम्मा गरेको गरेको रकम गाउँपालिकाको खातामा फिर्ता गरेका छन् ।

लेखापाल केसीले श्रीमती बिर्मा केसी र गाउँपालिका  लेखापाल सहयोगीको रुपमा करारमा रहेका भतिजो सुवास केसीको खातामा जम्मा गरेको २४ लाख  ९२ हजार ३७२ रुपैयाँ गाउँपालिकाकाे खातामा जम्मा गरेको एक वडाअध्यक्षले जानकारी दिएका छन् ।

Add
advertise

आर्थिक वर्ष २०७६/०७७ मा  विभिन्न शीर्षकमा रहेको उक्त सरकारी रकम लेखापाल केसीले आफु लगायत श्रीमती र भतिजो गरि तीन जनाको खातामा जम्मा गरेको खुलेको ती वडा अध्यक्षले जानकारी दिए ।

गाउँपालिकाको खाताको उक्त रकम  हिनामिना भएको आशंकामा गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको अध्यक्षतामा सात सदस्य छानबिन समिति बनाएर अनुसन्धान सुरु गरेपछि उक्त रकम लेखापाल केसीले फिर्ता गरेको बताएको छ।

छानबिन समिति सदस्यका रुपमा रहेका एक वडाअध्यक्षका अनुसार जिल्ला प्रशासन कार्यालयको एक टोलीले समेत  उक्त विषयमा अध्यन गरिरहेकाे छ । उक्त कार्यमा संलग्न सबैलाई कारबाही गरिने उनले बताए ।

उनलेे थपे ” यति धेरै रकम अनधिकृत रुपमा एउटा लेखापालको संलग्नतामा मात्रै  हिनामिना नहुन सक्छ ।गाउँपालिकाकाे रकम निकासा गर्दा प्रमुख प्रशासकीय अधिकृतको अनिवार्य हस्ताक्षर हुने भएकोले उहाँ लगायत अन्य कोही पनि संलग्नता भए कारबाही हुन्छ । तर अहिले ठ्याक्कै त्यस्तो केहि भन्न सकिदैन ।