बेसहारा सन्चितालाइ तमु समाज मलेसियाको उपचारार्थ आर्थिक सहयोग

everest kitchen


काठमाडौं । नेपाल तमु समाज मलेसियाद्धारा बेसहारा बिरामी गोर्खाकी सन्चिता तमुस्योलाई आर्थिक सहयोग गरेको छ ।

गोर्खा जिल्ला धार्चे गाउँपालिका हलचोक बडा नं . १ निवासी सन्चिता तमुस्योलाई समाजले आरएम २ हजार ४१० अर्थात झन्डै ६८ हजार ५०० सहयोग संकलन गरि पठाएको हो ।

५ वर्ष अगाडि दुर्घटना हुदा खुट्टामा सामन्य चोट लागेको थियोे । तर अहिले चोटको घाउ बढदै गएपछि खुट्टा दुख्न थालेको र छिट्टै अप्रेशन नगरे क्यान्सर हुने डाक्टरले बताएकारि दिएपछि समाजले आर्थिक सहयोग संकलन गरि पठाएको बताएको छ ।