भारतको गुजरातको एक अस्पतालमा आगलागी हुदा ८ कोरोना संक्रमितको मृत्यु

everest kitchen


ऐजेन्सी । भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी भएको छ । गुजरातको राजधानी अहमदाबादस्थित श्रेय अस्पतालमा आज बिहानै आगलागी भएको हो ।

उक्त अस्पतालमा आगलागी र हुँदा त्यहाँ उपचार गराइरहेका आठ जना कोरोनासंक्रमित बिरामीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Add
advertise

समाचार अनुसार उक्त घटनालगत्तै त्यहाँ उपचारार्थ भर्ना भएका अन्य ४१ जना कोभिड–१९ का बिरामीलाई अन्यत्र अस्पतालमा स्थानान्तरित गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै आगलागीको उक्त घटनाबाट जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन् । पीडितहरुलाई जतिसक्दो सहायता गर्न सरकार तत्पर रहेको उनलेे बताएका छन् ।

अस्पतालमा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । आगलागी बारे प्रहरीले थप अनुसन्धान सुरु गरेको बताएको छ ।