श्रीमतीको खातामा अनधिकृत रकम जम्मा गर्ने लेखापाल प्रमाण नष्ट गर्दागर्दै पक्राउ

everest kitchen

रुकुम पश्चिम । श्रीमती र भतिजोको खतामा अनधिकृत लाखौं रकम जम्मा गर्ने गाउँपालिका लेखापाल प्रमाण नष्ट गर्दागर्दै पक्राउ परेका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित स्थायी शिक्षक समेत रहेका उनका भाई बिकास केसी ,भतिज भिमशेन केसी र सोहि पालिकामा करारमा सह -लेखापाल समेत रहेका भितज सुवास केसी लगायत ४ जना रातिको समयमा गाउँपालिकाे कार्यालयमा आइ प्रमाण नष्ट गर्ने क्रममा पक्राउ परेको एक स्थानीयले जानकारी दिएका छन् ।

राति करिब ९ बजेको समयमा कार्यालयमा आएर कागजात नष्ट गर्ने क्रममा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

Add
advertise

लेखापाल केसीले श्रीमती र भतिजोको नाममा अनधिकृत रुपमा झण्डै २५ लाख रकम जम्मा गरेपछि जिल्ला प्रशासन कार्यालय रुकुममा मुद्दा चलेको र सोही गाउँपालिकाका अध्यक्ष झक्कु प्रसाद घर्तीको  नेतृत्वमा गठित समितिको छानबिनमा परेका थिए।

जिल्ला प्रशासनले छानबिन तथा अनुसन्धान गरिरहेकाेअवस्थामा लेखापाल केसीले श्रीमती बिर्मा केसी र गाउँपालिका लेखापाल सहयोगीको रुपमा करारमा रहेका भतिज सुवास केसीको खातामा जम्मा गरेको रकम मध्ये करिब २४ लाख ९२ हजार गाउँपालिका खातामा विभिन्न चरणमा फिर्ता गरेका थिए ।