कार दुर्घटनामा तीनजनाको मृत्यु एकजना घाइते

everest kitchen

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा कार दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका २८ वर्षीय देवेन्द्र चौधरी, आमेसतिया गाउँपालिकाका २७ वर्षीय नौसाव दर्जी र पश्चिम नवलपरासीका १२ वर्षीका प्रदिप ठाकुर रहेका जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।

Add
advertise

दुर्घटनामा सिद्धार्थनगरका ३४ वर्षीय अनिल यादव घाइते भएका छन् । उनको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको डिएसपी खत्रीले बताए।

लु २ च ६७५६ नम्बरको कार परासीबाट भैरहवातर्फ जाँदै गर्दा गएराति अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको थियो ।