नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले विश्व आदिवासी दिवश मनाउने

everest kitchen

मलेसिया । नेपाल आदिवासी जनजाति महासंघ शाखा मलेसियाले विश्व आदिवासी दिवश २०२० मनाउने भएको छ ।

दिवसको उपलक्ष्यमा “पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संबिधान संशोधनको आन्दोलन हाम्रो साझा बहस! स्वनिर्णित विकास र महामारीमा बाच्ने तथा बचाउने पक्षमा २६ अौं विश्व आदिवासी दिवश!!” भन्ने मूल नाराका साथ शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।

Add
advertise

१६ सेप्टेम्बर आइतबारका दिन राजधानी क्वालालम्पुर स्थित महासंघको आफ्नै कार्यलयमा कार्यक्रम गर्न लागेको बताएको छ । विश्व महामारीको रुपमा रहेको कोभिड-१९ लाई मध्यनजर गर्दै सामाजिक दुरी कायम राख्दै हरेक वर्ष झैँ यो वर्ष पनि महासंघले कार्यक्रम गर्न लागेको महासंघका सचिव अर्पण मगरले जानकारी दिए ।

शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम संगै महासंघमा हाल रित्त रहेका पदपूर्ति समेत गरिने महासंघले बताएको छ ।

साथै मलेसियामा रहेका आम समाजसेवी, खेलाडी, कलाकार, संञ्चारकर्मी तथा आदिवासी दाजु भाइ तथा दिदीबहिनीहरु लाई उपस्थितिको लागि महासंघका अध्यक्ष विपिन राईले आह्वान गरेका छन् ।