विजयवाडाको एक होटलमा आगलागी हुदा सात जनाको मृत्यु

everest kitchen
photo file

ऐजेन्सी । भारतको आन्ध्र प्रदेशको विजयवाडामा रहेको स्वर्ण प्यालेस नामक एक होटलमा आगलागीमा हुदा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार होटललाई कोरोना भाइरस (कोभिड-१९) का संक्रमितहरुलाई राख्न केयर सेन्टरको रुपमा प्रयोग गरिँदै थियो । उक्त होटलमा सर्ट सर्किटको कारण आगलागी भएको हुन सक्ने बताइएको छ ।

Add
advertise

आगलागीको समयमा होटलमा करिब ३० जनाभन्दा धेरै मानिसहरु रहेको र जसमध्ये अधिकांशको उद्धार गरि घाइतेहरुलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको बताएको छ ।

उक्त आगलागी बिहान पाँच बजेको आसपासमा भएको र आगो पौने ६ बजेसम्ममा नियन्त्रणमा आइसकेको बताइएको छ ।

घटना बारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । साथै घटना बारे अनुसन्धान थालिएको बताएको छ ।