गौतम बुद्ध नेपाली हुन भन्ने निर्विवाद छ : परराष्ट्र

everest kitchen


काठमाडौँ । गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद रहेको र यसका ऐतिहासिक र पुरातात्विक प्रमाणहरु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो एउटा स्थापित र निर्विवाद तथ्य हो, ऐतिहासिक र पुरातात्विक प्रमाणहरुका आधारमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् । उक्त क्षेत्र बुद्ध र बौद्ध धर्मको स्थल तथा यूनेस्कोको विश्व सम्पदा स्थलहरु मध्ये एक हो ।’

Add
advertise

शनिबार भारतीय विदेश मन्त्री एस. जयशंकरले दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्धारा आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए । उनलेे महान भारतीयहरुमा पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी रहेको र हामीले मात्रै नभै विश्वलेनै महान भारतीयको रुपमा चिन्ने बताएका थिए ।

भारतीय नेताहरुले गौतम बुद्ध भारतीय भएको दाबी विभिन्न समय चरनमा गर्ने गरेका छन । यधपी सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले नेपालको संसद्ला‍ई सम्बोधन गर्ने क्रममा ‘नेपाल संसारमै शान्ति प्रेषित गर्ने बुद्ध जन्मेको देश हो’ भनेर सम्बोधनमा उल्लेख गरेका थिए ।