पहिरोमा परी परिवार गुमाएका हस्त बहादुर कामीलाई आर्थिक सहयोग

everest kitchen


काठमाडौं । पहिरो पीडित हस्त बहादुर कामीलाई केहि युवाहरूले आर्थिक सहयोग गरेका छन् ।

गत १३ गते बाफिकोट गाउँपालिका-९ मा पहिरोमा परि मृत्यु भएका आफन्तलाई रु ६ हजार ७५० रुपैयाँ सहयोग गरेको सहयोग संकलन कर्ता बालाराम देवकोटाले जानकारी दिए ।

Add
advertise

देवकोटाका अनुसार पहिलो चरण को आर्थिक सहयोग अनुरुप थोरै रकम सहयोग गरिएको हो । बालाराम देवकोटा, गोबिन्द अधिकारी , नर बहादुर बिक ,करण खत्री र बिजय शर्माले स्वईच्छा सहयोग रकम उठाएर पीडित हस्त बहादुर कामीको नाममा जम्मा गरिएको हो । वडापालिकाको अनुमतिमा रकम संकलन सुरु गरिएको संकलन कर्ता देवकोटाले बताए ।

उक्त पहिरोमा परी हस्त बहादुरकी आमा , भाई र एक आफन्तले ज्यान गुमाएका थिए भने घर परिवार पुर्णरुपमा विस्थापित भएको थियो । अहिले स्थानीय निकाय र गाउँलेहरुको सहयोगमा पुनःस्थापनाको काम भैरहेको छ।