निर्देशक राजकुमार मगरको हरेक गीत ट्रेडिङमा पर्न सफल

everest kitchen

काठमाडौं । निर्देशक राजकुमार मगरले निर्देशन गरेको तीज गीत “सैना” युटुवमा ट्रेडिङमा परेको छ । गीत सार्वजनिक भएको दुई दिनमा उक्त गीत ट्रेडिङ ६ मा उक्लिएको छ ।

भिडियो निर्देशन र सम्पादनमा सक्रिय रहदै आएका राजकुमारका यसअघिका निर्देशन तथा सम्पादन गरेका गीतहरू पनि अब्बल देखिएका छन् । उनले निर्देशन तथा सम्पादन गरेको केहि दिन अघि सार्वजनिक भएको तीज गीत “नक्कले भिनाजु” पनि ट्रेडिङ एकमा उक्लिएको थियो ।

Add
advertise

यस्तै दुईदिन अघि सार्वजनिक भएको “सैना” पनि ट्रेडिङ एकमा उक्लिन सक्ने राजकुमारले आशा गरेका छन् । उक्त गीत “सैना” शब्द/संगीत विशाल रायमाझी गरेका छन् भने विशाल, हरिमाया रायमाझी र एबिमा गुरुङले स्वर भरेका छन् ।गीतको भिडियोमा नायिका सुष्मा कार्की, ऐलिना रायमाझी, लोमस शर्मा लगायतले अभिनय गरेका छन् ।