मलेशियाको अस्पतालमा अलपत्र नन्दकुमार लिम्बूलाई जन उद्धार केन्द्रको उद्धार

everest kitchen
बिरामी नन्दकुमारलाई बोक्दै जन उद्धार केन्द्रका अध्यक्ष केसु थापा । फोटो : जन उद्धार केन्द्र

पेनाङ्ग, मलेशिया । बैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका आएका असक्त र अलपत्र अवस्थामा पेनाङ्गको एक सरकारी अस्पताल शैयामा रहेका नन्दकुमार लिम्बूको उद्धार भएको छ ।

धनकुटा राजारानीका नन्दकुमार लिम्बु प्रवेशाज्ञा र कामदार भिसाको म्याद सकिएका लिम्बू अचानक विरामी भएका र उपचार पछि खर्च दीन नसकेका कारण अस्पतालमा नै रहन वाध्य भएका थिए । देब्रे पट्टीको शरीर नचल्ने जटिल स्वास्थ्यस्थिमा रहेका उनको बारेमा हिमाल टाईम्सले यसअघि समाचार लेखेको थियो । त्यसअघि देखिनै पेनाङ्गस्थित नेपालीहरुलाई सहयोग गर्ने जनउद्धार केन्द्र नामक संस्थाले लिम्बुको उद्धार पहल गरीरहेको थियोे ।

Add
advertise

जनउद्धार केन्द्र पेनाङ मलेसियाको पहलमा नेपाली राजदुतावास मलेसियाले गरेको थप पहलपछि उनको उपचारमा लागेको आरएम ९ हजार २ सय सत्र रिंगेट बराबरको उपचार खर्च अस्पताल ले मिनाहा गरि बिरामिलाई डिस्चार्ज गरिदिएको केन्द्रका अध्यक्ष केसु थापाले जानकारी दिए ।

उनका अनुसार बिरामी अहिले साथीहरूको शरणमा रहेको र कागजी प्रक्रिया पुरा भए स्वदेश फर्काईनेछ । लामो समय मलेसियामा अबैधानिक हैसियतमा रहेका उनलाई स्वदेश फर्काउने कुरामा सरकारी कागजत प्रक्रिया मिलाउन लामो र झन्झटिलो रहेकोले छिट्टै प्रक्रिया पुर्याएर स्वदेश फर्काउने पहल भैरहेको छ ।