विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर्ने राजन विश्वकर्मा पक्राउ

everest kitchen
आरोपित राजन विश्वकर्मा

काठमाडौं । विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर्ने पुरुष पक्राउ परेका छन् । धादिङ सिद्धलृख गाउँपालिका -७ का काठमाडौं चन्द्रागिरि बस्ने राजन विश्वकर्मा भन्ने राज सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

निज राजन विश्वकर्मा भन्ने राज सेन्चुरीले परिवर्तित नाम सबितालाई केही महिना अगाडि फोन गरी आफुलाई राजन श्रेष्ठको परिचय दिदै कुराकानी गरेका थिए । उक्त फोन कलदेखि निरन्तर सम्पर्कमा रहेका उनले भेटघाट गर्न बोलाएर भेटघाट गरेका थिए ।

Add
advertise

भेटघाटमा निज राजनले आफु अविवाहित पुरुष भएको र निज महिलासँग विवाह गर्ने प्रस्ताव राखेका थिए । राजनको बिबाह गर्ने प्रस्तावलाई सबिचाले स्विकार गरी थिईन । सहमतिमा दुबैजनाले साउन १६ गते प्रेम विवाह गरी थानकोट चेकपोष्टस्थित एक घरमाको कोठामा डेरामा साउन २१ गतेसम्म संगै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

२१ गतेरातिसंगै सुतेका श्रीमान २२ गते विहान नदेखेपछि
खोजविन गर्दा दराजमा राखेको रु २ लाख नगद , १ तोला बराबरको सुनको सिक्री , १ तोला बराबरको सुनको रिङ र मोवाईल लियर राजन कोठाबाट पैसा लिएर भागेको सबिताले थाहा पाईन ।

यसरी जीवन संगै काट्ने बाचा गरि विवाह गरेको श्रीमानले धोका दिएको थाहा पाएपछि सबिताले महानगरीय प्रहरी वृत्त थानकोटमा उजुरी दिएकी थिईन ।

सबिताको उजुरीको आधारमा निज राजन विश्वकर्मा भन्ने राजन सेन्चुरीलाई थानकोट प्रहरी वृत्तले पक्राउ गरि राजन उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम जवर्जस्ती करणी तथा ठगि कसूरमा थप अनुसन्धान गरिरहेको बताएको छ।