गोंगबु घटना : दहीमा स्लिपिङ ट्याबलेट हालेर बेहोश बनाइ अण्डकोषमा प्रहार गरी हत्या

everest kitchen

काठमाडौं । काठमाडौंमाको गोंगबु चोक नजिकै आइतबार बिहान सुटकेशमा शव फेला परेका रोल्पाका कृष्णबहादुर बोहोराको अण्डकोषमा हानेर हत्या भएको खुलेको छ।

मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ चितवन जि.चितवन कालिका न.पा. वडा नं. ७ घर भई हाल काठमाडौं टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग बस्ने ३७ बर्षीया कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको छ।

Add
advertise

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको र चिनजानपछि उनीहरू नजिक भएको जानकारी दिए ।

प्रहरीका अनुसार आरोपितले कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर ती महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन । त्यस्तै एसपी ज्ञवालीका अनुसार शारीरिक सम्बन्ध , आर्थिक लेनदेन लगायतका बिषय जोडिएर घटना घटेको हुन सक्ने बताए ।

जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा होटलबाट निस्केर शनिबार साझ अभियुक्तको कोठामा पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अभियुक्त कल्पनाले दहीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको, साथै मासु र भोड्का पनि खान दिएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेको प्रहरीले जनाएको छ ।

महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न पौडेलले टाउको र खुट्टा काटेकी थिइन्। सुटकेशमा शव भेटिएपछि प्रहरीले अपरेशन जो जो नाम दिएर उक्त घटनाको अनुसन्धान थालेको थियो। जो जो कुकुर हो। उसले शवको टाउको खुट्टा जेब्रा झोलामा राखेर फालेको अवस्थामा फेला पारेको थियो।

‘शव फालेर उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएको देखिन्छ,’ एसएसपी थापाले भने। प्रहरीले उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो।

घटनामा संलग्न अभियुक्त कल्पना पेशाले टेलिशिरियलमा गृहणीको भुमिकामा अभिनय गर्ने पनि बताएको छ ।