सरसफाईकर्मीलाई सुरक्षा सामग्री प्रदान

everest kitchen

काठमाडौँ । फोहोरमैला व्यवस्थापनमा अग्रस्थानमा रहेर कार्य गर्ने सरसफाईकर्मीलाई हालै एक कार्यक्रमका बिच स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।

बहुउद्देश्यीय क्लिनिङ्ग सर्भिसको आयोजना तथा विकास साझेदारी संस्था युएनडीपीको सहयोगमा सरसफाईकर्मीलाई फोहोरमैलाको उचित व्यवस्थापन र स्वास्थ्य सुरक्षा सामग्रीको उचित प्रयोगका बारेमा तालिम दिइएको थियो ।

आयोजक संस्थाका अध्यक्ष रेजिन श्रेष्ठले स्वास्थ्य सामग्री सहयोग गर्ने संस्था तथा फोहोरमैला व्यवस्थापनमा क्रियाशील सरसफाईकर्मीलाई तालिम दिने प्रशिक्षकलाई धन्यवाद दिँदै फोहोरमैला व्यवस्थापनको काम अत्यन्त संवेदनशील हुने भएकाले यसप्रति सम्बन्धित सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कोरोना महामारीको जोखिमका बेला गरिएको यस्तो कार्यक्रमले थोरै भए पनि सरसफाईकर्मीलाई राहत पु¥याएको उनको विश्वास थियो ।

स्वास्थ्य सुरक्षा सामग्री वितरण कार्यक्रममा  ललितपुर महानगरपालिकाका नगरकार्यपालिका सदस्य अशोकमान श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा वडा सदस्यहरू, युएनडीपीका प्रतिनिधि, स्वमनका प्राविधिक सल्लाहकार नवीनविकास महर्जन र  अध्यक्ष धनप्रसाद आचार्य, महासचिव मित्रप्रसाद घिमिरे, संघका प्रतिनिधिहरु, बहुउद्देश्यीय क्लिनिङ्ग सर्भिसका सल्लाहकार पारुहाङ राई र पत्रकार सुदीप अधिकारी लगायतको आतिथ्य रहेको थियो ।